USAID

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सबै दलबाट पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ ।

माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ। यस्तै नेकपा (एकीकृत समाजवादी)को आज बसेको स्थायी कमिटी बैठकले नाम टुंगो जिम्मा अध्यक्ष माधव नेपाललाई जिम्मा दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेहरुको नाम तय गरिसकेको छ । मन्त्रिपरिषदमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४–४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पनि पाउनेछन् ।

बैठकमा मन्त्रालयका विषयमा समझदारी बनाएर आजै मन्त्रीहरुको शपथ गराउने तयारी छ । दलहरुबीच भागवण्डा मिलेपनि मन्त्रालयका विषयमा एकीकृत समाजवादी र जसपाले असन्तुष्टि जनाएका छन्।

CivActsAd

Leave a Reply

Your email address will not be published.