भारतको उत्तर प्रदेशमा ट्रक र बस ठोक्किँदा ९ को मृत्यु, २७ जना घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशमा ट्रक र पर्यटक बस ठोक्किँदा ९ को मृत्यु भएको छ। बिहिबार बिहान देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा ९ यात्रीको घटनास्थलमा मृत्यु भएको छ भने २७ जना घाइते भएको भारतीय सञ्चार माध्यमले बताएका छन्। थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन्।

६०–७० यात्रु सवार बस दिल्लीबाट बहराइच जाँदै थियो। सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको दैनिक भास्करले बताएको छ। मृतकको सनाखतको प्रयास हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *