कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौं। आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार आज प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले यसको बढी प्रभाव तराई भेगमा पर्ने देखिएको महाशाखाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *