भाडादर तिर्न आनाकानी गरेपछि तार काटेका हौं : प्राधिकरण

काठमाडौं। केबल तथा इन्टरनेट प्रदायक कम्पनीको तार काटेकोमा चौतर्फी विरोध भएसँगै नेपाल विद्युत् प्राधिकरणले अबदेखि तार नकाट्ने बताएको छ।

पछिल्लो समय इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीले नियमित बिजुलीको पोलबापतको भाडा नतिरेको भन्दै प्राधिकरणले धमाधम सेवा प्रदायक कम्पनीको तार काट्ने अभियान सुरु गरेको थियो।

प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गरेर प्राधिकरणको संरचना प्रयोग गरी उपभोक्ताबाट आफ्नो सेवाको शुल्क लिने तर निर्धारण गरिएको भाडादर तिर्न केही सेवा प्रदायकले अस्वीकार गरेपछि शनिबार तारको कनेक्सन कादिदिएको जनाएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *