आज कुन-कुन स्थानमा वर्षाको सम्भावना ?

काठमाडौं, असोज १५ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने देखिएको छ । उक्त जोखिमप्रति सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

आज प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *