बास्मती चामल प्रकरणः खाद्य कम्पनीले गल्ती ढाकछोप गर्न गलत रिपोर्ट बनायो

काठमाडौं । सरकारीको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो गल्तीलाई ढाकछोप गर्न आमजनताको आँखामा छारो हाल्ने गरी गलत रिर्पोट बनाइरहेको पाइएको छ ।

कम्पनीको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल बास्मती चामल रि पोलिसिङ गर्दा ४ सय १ क्विन्टल चामल भएकोमा कम्पनीले नयाँ चामलमा मिक्स गरी १९ सय ९० क्विटल चामल सुर्खेत पठाएको थियो ।

गता साता राजधानी दैनिकमा कुहिएको बास्मती चामल बिक्रीका लागि सुर्खेत पठाएको सामाचार प्रकाशित भएपछि अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छानबिन थालेपछि सो गल्तीलाई ढाकछोप गर्न कम्पनीले गलत रिर्पोट बनाएर विभागमा पेस गरेको छ ।

सो गोदामको चामल खानयोग्य नभएको भन्दै १ पुस २०७६ मै खाद्य प्रविधि विभाग, जिल्ला प्रशासन र खाद्य कम्पनी स्वयंको रोहवरमा ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल गोदाममै कुहिएको पुष्टि भएपछि ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कासमेत गरिसकेको थियो ।

सो चामल खाद्य कम्पनीले रि पोलिसिङ गरी सुर्खेत पठाएको विषयमा खाद्य प्रविधिले कम्पनीलाई स्पष्टीकरण सोधेपछि कम्पनीले आफ्नो बचाउ गर्न गल्ती ढाकछोप गर्न विभागलाई झुटो रिपोर्ट बनाएर पेस गरेको खाद्य कम्पनीको विशेष स्रोतले बताएको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *