काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ ।
कमलादीस्थित प्रज्ञा भवनबाट मध्यान्ह १२ बजे सुरु हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन असोज १६ गते सकिनेछ । उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ ।
अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।
अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी हुनेछन् ।