कांग्रेसलाई कमजोर बनाउन खोजियोः नेता कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य भएको बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले यसले कांग्रेस पार्टीलाई कमजोर बनानएको बताएका छन्।

संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो भन्दै उनले प्रतिप्रश्नसमेत गरेका छन् । यस्ता कार्यमा संलग्न नहुन सबैमा उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *