काठमाडौं महानगरका विद्यालय आजदेखि सञ्चालन हुँदै

काठमाडौं। कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् ।

काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् । महानगरपालिकाले आजदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने बिहीबार निर्णय गरेको थियो ।

दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *