राष्ट्रसंघको महासभामा सहभागी ब्राजिलका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो । टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन्।

ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले सङ्क्रमित भएका स्वास्थ्य मन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिए । राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएका मध्ये सङ्क्रमित हुनेमा उनी दोस्रो व्यक्ति हुन् । सङ्क्रमित ५५ बर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बसेको जनाइएको छ ।

तर टोलीमा सहभागी भएर पनि सङ्क्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन् । राष्ट्रपति बोल्सोनारो यात्राका क्रममा मास्क बिना देखिएका र उनले अहिलेसम्म खोप पनि लगाएको अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *