आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपणमा आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने उल्लेख छ । चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान सरकारले गरेको छ ।

उक्त प्रक्षेपणको तुलनामा करीब आधा कम मात्र लक्ष्य भेट्ने अनुमान एडीबीको छ । एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नौड काचोइसले नेपालमा जारी कोरोना विरुद्धको खोप अभियानले विकासको गतिमा ठूलो समर्थन मिल्ने बताएका छन् ।

यो आर्थिक सुधारका लागि समेत महत्वपूर्ण हुने उनको भनाइ छ । कोभिड–१९ को घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले बताएको छ । कोरोना महामारीका कारण प्रभावित क्षेत्रको पुनरुत्थान र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने घोषणाको सकारात्मक प्रभाव समेत अर्थतन्त्रमा पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *