प्रतिशोध साँध्न ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइयोः उपसभापति गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोध साँध्नका लागि मुद्दा चलाएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपसभापति गच्छदारले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको बताएका हुन् । उनले आफ्नो ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ आयोग लागेको आरोप लगाए । गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरे ।

उनले ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको र यसबाट आफूले व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पुर्याएको अवस्था नरहेको बताए ।

आयोगले २०७६ माघ २२ गते ललितानिवास जग्गा प्रकरणमा पूर्वमन्त्री गच्छदारलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। केपी शर्मा ओलीको सरकार रहँदासम्म सार्वजनिक नभएका उनी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि गत असार ३० गते विशेष अदालतमा हाजिर भएका थिए । अदालतले उनलाई १० लाख धरौटीमा रिहा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *