परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

काठमाडौं । परराष्ट्र मन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्।प्रधानमन्त्री कार्यालयले खड्काको नियुक्तिबारे राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ ।

राष्ट्रपति कार्यालयमा खड्काको दिउँसो एक बजे शपथ हुने बताइएको छ । परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन् । सत्तारुढ गठबन्धनको मंगलबार बसेको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *