ओलीको रिटमा भएन अन्तरिम आदेश, दल दर्ताको सक्कल फाइल झिकाउन आदेश

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको हो । सोमबारदेखि सुरु भएको बहस मंगलबार टुंग्याउँदै सर्वोच्चले निर्वाचन आयोगदेखि संसद्सम्मका सक्कल फाइल मगाउन आदेश दिएको हो ।

माधवकुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली निर्वाचन आयोग र सभामुखविरुद्ध रिट लिएर अदालत पुगेका थिए।

उनले नेपालको पार्टी नै अवैधानिक भएको जिकिर गरेका थिए। साथै, माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *