USAID

ओमानमा त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फिर्ता


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम मंगलबार बिहान स्वदेश फर्किएको हो।

नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालले ओमानमा चार खेल खेलेको थियो। चार खेलमा नेपालले दुई जित निकालेको थियो ।

नेपालले आइतबार भएको खेलमा घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो। त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

ओमानलाई हराएपछि नेपाल लिग–२ को चौंथो स्थानमा उक्लिएको छ। नेपालले ८ खेलमा ८ अंक जोडेको छ। ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *