बुटवल। पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगर पुगेका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
ज्योतिनगरका स्थानीय गणेश पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका युवा लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।
विद्यार्थी राजनीति गर्दै आएका उनले स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले भन्दै मुक्का हानेका थिए । प्रहरीले भने पक्राउ गर्ने गरी घटना नभएको भन्दै सोमबार पक्राउ गरेको थिएन् ।
आज विहान उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। पंगेनीलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ।