निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यालयमा भएको हुलहुज्जत र तोडफोडको एमालेद्वारा निन्दा

काठमाडौं । नेकपा एमालेले नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यालय बबरमहलमा भएको हुलहुज्जत, तोडफोड र पदाधिकारीहरुमाथिको हातपातको घटनाको निन्दा गरेको छ ।

सोमबार राति एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी केही व्यक्तिहरुले कार्यालयभित्र अनधिकृत रुपमा प्रवेश गरी हुलहुज्जत, तोडफोड र संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायतका पदाधिकारीहरुलाई हातपात गरेको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न आक्रमणकारी समूहले नेकपा (एमाले) विरुद्ध नाराबाजी समेत गरी अमर्यादित रुपमा प्रस्तुत भएको देखिएको आक्रमणकारी समूहलाई कानुन बमोजिम कारबाही गर्नुको सट्टा उल्टै कार्यालयका कर्मचारी र कार्यालय तोडफोड भएको खबर थाहा पाएपछि आपनो कार्यालयमा के भएछ भनी हेर्न आएका नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारी र सदस्यहरुलाई प्रशासनले सोधपुछ र माथिको आदेशको नाममा नियन्त्रणमा लिएको सुनियोजित घटना प्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *