USAID

भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैनिक अभ्यास शुरु


काठमाडौ । नेपाल–भारत संयुक्त सैनिक अभ्यास सोमबारदेखि भारतको पिथौरागढमा शुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासको यो १५ संस्करण भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

गतवर्ष नै आयोजना हुनुपर्ने उक्त अभ्यास कोरोना संक्रमणका कारण रोकिएको थियो । यस वर्ष कोरोना संक्रमणको दर घट्दै गएपछि दुवै देशका सैनिकले संयुक्त सैनिक अभ्यास शुरु गरेका हुन् ।

तालिमका दौरान प्रतिविद्रोह र जंगल वारफेरको बारेमा अभ्यास हुने प्रवक्ता पौडेलले जानकारी दिए । भदौ १७ गतेसम्म संचालन हुने तालिममा नेपाली सेनाकोतर्फबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सहभागी रहेका छन् भने भारतीय स्थल सेनाको लेफटिनेन्ट कर्णेलको नेतृत्वमा ३ सय ५० जना भारतीय सैनिक सहभागी छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *