USAID

दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि मात्रै मन्त्रिपरिषद विस्तारः उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्ययक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताएका हुन् ।

हालसम्म मन्त्रालयको बाँडफाँट पनि नभएको उनले बताए । उनले भने, ‘पहिलो, कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँट हुनुपर्छ । त्यो भइसक्या छैन । दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुन बित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ।’


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *