USAID

सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहन्छः प्रमुख सचेतक भट्टराई


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको कार्यशैलीका कारण आन्दोलित हुनुपरेको बताएको छ । सोमबार संसद बैठकबाट बाहिरिने क्रममा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका हुन् ।

सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उनले बताए । संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उनको भनाई छ । बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जबर्जस्ती रुपमा ल्याइएको उनले भने ।

उनले भने, ‘संसदमा प्रस्तुत भएका बिजनेश वा एजेण्डाहरु प्रति भन्दापनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ । उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ । हामीले सांकेतिक रुपमा भएको विभेद र सभामुख जस्तो जिम्मेवार व्यक्तिले गरेको गैरजिम्मेवार व्यवहारका विरुद्ध हामीले जे सांकेतिक रुपमा विरोध गरेका छौँ । त्यो अनवरत रुपमा जारी रहन्छ र उहाँले त्यो सच्याउनुपर्छ भन्ने हो ।’

एमालेले संसदमा विरोध गरिरहे पनि सोमबार सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक संसदबाट बहुमतले पारित भएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *