USAID

मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रमममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताएका हुन् ।

प्रधानमन्त्री बनेको दुई महिना बितिसक्दा पनि प्रधानमन्त्रीले सरकार विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन् । दुई महिनासम्म ६ सदस्यीय मन्त्रिपरिषदले सरकार चलाइरहेको छ ।

यसैबीच, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुर गर्दै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो पहिले निस्कृय हुनुपर्ने बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *