संसदमा एमालेको नाराबाजी, प्रतिस्थापन विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार पाँचौँ दिन पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । सोमबार बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा गएर नाराबाजी गरिरहेका छन् ।

एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कारवाही अगाडि बढाएका छन् । माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुखप्रति एमाले आक्रोशित बनेको छ ।

यसअघि भदौ २३ गते बुधवार, २५ गते शुक्रवार र २७ गते आइतबार र २९ गते मंगलवार एमालेले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको थियो । विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ ।

सरकारले भदौ २५ गते पेश गरेको विनियोजन विधेयक आज पारित गर्ने सरकारको तयारी छ । त्यसअघि प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमाथि एकमुष्ट छलफल गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *