कहाँ–कहाँ दिईदै छ आज कोरोना विरुद्वको खोप

काठमाडौं। नेपाल सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा उमेर समुहलाई खोप दिईरहेको छ। ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, बाजुरा, डोल्पा, दार्चुला, मुगु र जुल्लाका १८ वर्ष माथिका खोप लगाउन छुटेका सबैलाई खोप लगाउन सुरु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मन्त्रालयको अनुसार ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही, काठमाडौं, र अछामको ४० वर्ष माथिका र १८ वर्ष माथिका सबैलाई खोप दिईदै छ । ५८ जिल्लाहरुमा भने ४५ वर्ष माथिका सबै नागरिकहरुलाई दिने भएको छ। काभ्रे र चितवनका ३५ वर्ष माथिका खोप लगाउन बाँकी सबैलाई खोप दिन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *