युभेन्टस र मिलानको बराबरी

एजेन्सी । इटालियन लिग सिरी ए मा युभेन्टस र एसी मिलानले बराबरी खेलेका छन् । गएराति भएको खेलमा युभेन्टस र मिलानले १-१ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिगमा युभेन्टसको जितविहिन यात्रा चौथो खेलसम्म लम्बिएको छ ।

एल्लिनाज रंगशालामा भएको खेलमा युभेन्टसको लागि अल्भारो मोराटाले एक गोल गर्दा मिलानको लागि एन्टे रेबिकले एक गोल गरे । पहिलो हाफको चौथो मिनेटमै डिबालाको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए । ७६ औं मिनेटमा टोनालीको पासमा रेबिकले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याए ।

बाँकी समयमा थप गोल नहुँदा दुवै टोलीले एक/एक अङ्क बाढे । बराबरीसँगै मिलान ४ खेलबाट १० अङ्क जोड्दै दोस्रो स्थानमा छ भने युभेन्टस ४ खेलबाट २ अङ्क जोड्दै १८ औं स्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *