USAID

रियल म्याड्रिडको उत्कृष्ट पुनरागमन जित


एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ । आइतबार बेलुकी भएको खेलमा म्याड्रिडले एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै भ्यालेन्सियालाई २-१ गोलले पन्छाएको हो ।

इस्टेडियो डि मेस्टाल्लामा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक/एक गोल गरे । भ्यालेन्सियाको लागि हुगो डुरोले एक गोल गरे । खेलको ६६ औं मिनेटमा हुगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई खेलमा अगाडि बढाएका थिए ।
८६ औं मिनेटमा बेन्जिमाको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई बराबरीमा ल्याए ।

यस्तै ८८ औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको जित दिलाए । जितसँगै रियल म्याड्रिड ५ खेलबाट १३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित भ्यालेन्सिया ५ खेलबाट १० अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ । म्याड्रिडले मेस्टाल्लामा पछिल्लो ४ वर्षमा पहिलो पटक जित निकालेको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *