आर्सनलको लगातार दोस्रो जित, लिभरपुल अपराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई १-० गोलको पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले पहिलो हाफमा गरेको गोल नै पर्याप्त रह्यो । खेलको ३० औं मिनेटमा ओडेगार्डले फ्रि(किकमा गोल गर्दै आर्सनललाई खेलमा अगाडि बढाएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा आर्सनल १-० गोलले विजयी भएको हो । लिगको शुरुवाती ३ खेलमा हार बेहोरेको आर्सनल पछिल्लो २ खेलमा जित हात पर्दै ६ अङ्क जोडेर १२ औं स्थानमा उक्लिएको छ । पराजित बर्नली ५ खेलबाट १ अङ्क जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

यस्तै लिगको अर्को खेलमा लिभरपुलले क्रिस्चल प्यालेसलाई ३-० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने, मोहम्मद सलाह र नाबी केइटाले समान एकरएक गोल गरे । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा दुई गोल थपेको हो ।

जितसँगै लिभरपुल ५ खेलबाट १३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित प्यालेस ५ खेलबाट ५ अङ्क जोड्दै १३ औं स्थानमा झरेको छ ।

अन्य खेलको नतिजा
म्यानचेस्टर सिटी ०-० साउथ्ह्याम्टन
नर्विच १-३ वाटफोर्ड
वोल्भ्स ०-२ ब्रेन्टफोर्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *