USAID

बायर्न म्युनिखको ७ गोल


एजेन्सी । साविक विजेता बायर्न म्युनिखले जर्मन लिग बुन्डेसलिगामा फराकिलो जित निकालेको छ । शनिबार बेलुकी घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले बोचुमलाई ७-० गोलले पराजित गरेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा बायर्नलाई फराकिलो जित दिलाउन जोसुआ किम्मिचले दुई गोल गर्दा लोरि साने, सेर्जे ग्नाब्री, रोबर्ट लेवान्डोस्की र इरिक म्याक्सिम चोउपो-मोटिङले समान एक/एक गोल गरे ।

खेलको १७ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सानेको पासमा किम्मिचले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ३२ औं मिनेटमा मुलरको पासमा ग्नाब्रीले गोल गर्दा घरेलु टोली खेलमा ३-० गोलले अगाडि बढेको थियो ।

४३ औं मिनेटमा लाम्ब्रोपोउलोसले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बायर्नले पहिलो हाफमा ४-० गोलको अग्रता लिएको थियो । ६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अगाडि बढाए ।

६५ औं मिनेटमा गोरेट्ज्काको पासमा किम्मिचले व्यक्तिगत दोस्रो गोल गरे । ७९ औं मिनेटमा लेवान्डोस्कीको स्थानमा मैदान छिरेका मोटिङले गोल गर्दै बायर्नलाई ७-० गोलको फराकिलो जित दिलाए ।

जितसँगै बायर्न ५ खेलबाट १३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित बोचुम ५ खेलबाट ३ अङ्क बटुल्दै १७ औं स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *