USAID

द राइजिङ क्लब र स्पोर्ट्स क्यासलको विजयी शुरुवात


काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भइरहेको ’ए’ डिभिजन राष्ट्रिय फूटसल लिगमा द राइजिङ क्लब धरान र स्पोर्ट्स क्यासल पोखराले विजयी शुरुवात गरेका छन् । शनिबार दिउँसो भएको उद्घाटन खेलमा द राइजिङ क्लबले मछिन्द्र स्काइ गोललाई ५–४ गोलले पराजित गरेको हो ।

पोखरा रंगशालास्थित बहुदेशीय कभर्ड हलमा भएको खेलमा राइजिङ क्लबलाई जित दिलाउन रेवोश मास्केले दुई गोल गर्दा मिलन लिम्बू, दोर्जे तामाङ र सुदिप गुरुङले एक/एक गोल गरे । मछिन्द्रको लागि श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक पूरा गर्दा आशिष सुनमले एक गोल गरे ।

यस्तै आजै भएको दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखराले प्रभतफेरी युथ क्लबलाई ७–० गोलले हरायो । एकपक्षीय खेलमा क्यासललाई जित दिलाउन सुमित तामाङ र खिम राज गुरुङले दुई/दुई गोल गर्दा विजय गुरुङ, दिपेश घले र किशोर गुरुङले समान एक÷एक गोल थपे ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *