USAID

असिफको शानदार अर्धसतकमा नेपालले बनायो मध्यम स्कोर


काठमाडौं । ओपनर युवा ब्याट्सम्यान असिफ शेखले शानदार ब्याटिङ गरेपछि नेपालले आईसीसी विश्वकप लिग- २ अन्तर्गत भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलको पहिलो इनिङ्समा मध्यम स्कोर बनाएको छ । घरेलु टोलीविरुद्ध जारी खेलमा नेपालले ओमानलाई जितको लागि १ सय ९७ रनको लक्ष्य दिएको हो ।

अल अमेराट क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन जोडेको थियो । नेपालको लागि ओपनर आसिफ शेखले अर्धसतक पूरा गरे । उनले १ सय १२ बलमा ७ चौका र १ छक्कासहित ९० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा १ चौकासहित २१ रन बनाउँदा करण केसीलेपनि ४७ बलमा १ छक्का र १ चौकासहित २१ रन जोडे । यस्तै रोहित पौडेलले २० र सन्दिप लामिछानेले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।

ओमानको लागि बिलाल खानले १० ओभर बलिङ गर्दै ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नेस्टोर ढाम्बाले ५ ओभरमा २५ रन दिएर २ विकेट लिँदा जेशान माक्सोद र मोहम्मद नदिमले समान १/१ विकेट लिए । दोस्रो इनिङ्स केही बेरमा शुरु हुनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *