सभामुखबाट शंका निवारणका लागि कुनै प्रयास भएनः नेम्वाङ

काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताएका छन् । मंगलबार संसद बैठकपछि पत्रकारहरुसँग कुरा गदै नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेमाथि भेदभाव गरेकाले उहाँप्रति आशंका भएको बताएका हुन् ।

नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए । सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए ।

उनले भने, ‘प्रमुख प्रतिपक्षीलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आउ बैठक भनेर औपचारिकता पुरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईहरु पुछ्नुस् ।

उनले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *