USAID

बजेट प्रतिस्थापन विधेयक पारित नहुँदा पनि सरकारी खर्च गर्न रोकिँदैनः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा सरकारी खर्च गर्न नरोकिने बताएका छन् ।

मंगलबार संसद भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताएका हुन् । उनले भने, ‘हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ ।’

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५–७ दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् । उनले सहमति भए सहमतिअनुसार पारित गर्ने र सहमति नभए नियमित प्रक्रिया पूरा गर्ने बताए ।

उनले भने, ‘संवादबाट कोसिस भइरहेको छ । कर उठाउने विशेष व्यवस्था छ । त्यसैअनुसार कर उठ्छ । केही समयका लागि ५–७ दिन रोकिन पनि सक्छ ।’ अर्थमन्त्रीले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचारधीन रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधि सभा बैठक सहज रुपमा सञ्चालन हुन सकेको छैन। एमालेकै अवरोधका कारण बजेटसम्बन्धी प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि बढेको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिस्थापन विधेयक पेस गरेका थिए ।

\शुक्रबारदेखि लगातार तीन दिन प्रतिनिधिसभा बैठक बसे पनि एमालेको अवरोधका कारण प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि बढेको छैन। मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्ताव स्वीकृत भएपनि छलफल भने अगाडि बढेन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *