USAID

आज नेपाल र ओमान भिड्दै


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत आज हुने त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानको सामाना गर्दैछ । ओमानको अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे शुरु हुनेछ ।

खेलको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्नेछ । हिजो भएको खेलमा अमेरिकामाथि ५ विकेटको जित निकालेको नेपाल आजको खेलमापनि सोहि नतिजाको अपेक्षामा रहेको छ । तर नेपाललाई ओमानविरुद्ध खेल्न भने सहज छैन । गत फेब्रुअरीमा घरेलु मैदानमा ओमानविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित भएको थियो । त्यसैले नेपाल आजको खेलमा बदला लिने लक्ष्य साथ मैदान उत्रिनेछ ।

लिग अङ्क तालिकामापनि ओमान शिर्ष स्थानमा रहेको छ । हाल ओमान १० खेलबाट १८ अङ्क जोडेको छ । ओमान लिगको मात्र २ खेलमा पराजित भएको छ । ओमान स्कटल्याण्ड र नामिबियासँग १/१ खेलमा पराजित भएको थियो । यता नेपाल भने ५ खेलबाट ६ अङ्क जोड्दै लिगको छैटौं स्थानमा छ । आजको खेल जितेको खण्डमा नेपाल कम्तिमा चौथो स्थानमा उक्लिनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *