USAID

नेपालले अमेरिकालाई हरायो


काठमाडौं । युवा ब्याट्सम्यानद्वय कुशल भुर्तेल र रोहित कुमार पौडेलले अर्धसतक पूरा गरेपछि नेपालले विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

जितको लागि २ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेटको क्षतिमा २ सय ३१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि कुशल भुर्तेल र रोहित कुमार पौडेलले अर्धसतक पूरा गरे । ओपनर कुशलले ९३ बलमा ३ छक्का र ३ चौकासहित ८४ रन बनाउँदा रोहित पौडेल ६२ रनमा नटआउट रहे । उनले ८७ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले ४८ बलमा २ चौका र १ छक्कासहित ३७ रन जोडे । यस्तै असिफ शेखले ४२ बलमा २ चौकासहित २३ रन बनाउँदा ज्ञानेन्द्र मल्लले १५ बलमा १ छक्का र १ चौकासहित १७ रन जोडे ।

अमेरिकाको लागि निसार्ग पटेलले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए । नोस्थुश केन्जिगेले ८ ओभरमा ४३ रन दिएर २ विकेट लिँदा सौरभ नेत्रभाल्करले १० ओभरमा २ मेडन राख्दै ३० रन दिएर १ विकेट लिए ।

यसअघि ओमानको अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन जोडेको हो । अमेरिकाको लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मोनान्क पटेलले शतक पूरा गरे । उनले १ सय १४ बलमा ९ चौका र १ छक्काको मद्दतमा १ सय रन जोडे । निसार्ग पटेलले ३९ बलमा २१ रन जोड्दा सुशान्त मोडानी र करिमा गोरेले समान १६/१६ रन जोडे ।

यस्तै स्टेभेन टेलरले १४, नोस्थुश केन्जिग्ने, सन्जय कृष्णमुर्ती र अभिषेक पराड्कारले १३/१३ रन जोड्दा जास्करन मल्होत्राले ११ र सौरभ नेत्रभाल्करले ६ रनको योगदान गरे ।

नेपालको लागि सन्दिप लामिछानेले १० ओभरमा २ मेडन राख्दै ३५ रन दिएर २ विकेट लिए । सुशान भारीले १० ओभरमा ३१ रन दिएर २ विकेट लिँदा विक्रम सोबलेपनि ६ ओभरमा ३३ रन दिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।

जितसँगै नेपाल ५ खेलबाट ६ अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । पराजित अमेरिका १३ खेलबाट १२ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *