प्रतिमान निमा स्मृति फाउण्डेशनद्वारा एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

जनकपुरधाम । प्रतिमान निमा स्मृति फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि प्रदेश दुई सरकारलाई एक करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अमेरिकी गैर सरकारी संस्था होपको सहयोगमा फाउण्डेशनले उक्त सामग्री मुख्यमन्त्री लालबाबु राउतमार्फत सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरित सामग्रीहरुमा गाउन २४०० थान, फेस शिल्ड २३३२ थान, मास्क ८४०० थान, एन ९५ डिस्पोजेबल मास्क १८०० थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १८९० थान, पिपिई मेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५३६० थान रहेको छ ।

उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, स्वास्थ्य आपूर्ति निर्देशक डा. प्रमोद यादव सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *