सरकारी अस्पतालहरू देशको स्वास्थ्य सेवाका अनुहार हुनः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालहरू देशको स्वास्थ्य सेवाका अनुहार भएको बताएका छन् । सरकारी अस्पतालहरूको सुधारका लागि आफु प्रतिवद्ध रहेको उनको भनाइ छ ।

सरकारी अस्पतालका निर्देशकहरुसँगका छलफलमा राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पताल सुधार र सेवा विस्तारमा आफूले हरसम्भव प्रयास गर्ने बताएका छन् । ‘निर्देशकज्यूहरू, जे समस्या छ, स्पष्ट रूपमा मलाई रिपोर्टिङ गर्नुहोस् समाधानका लागि म उच्च राजनीतिक नेतृत्वलाई जानकारी गराई हरसम्भव यत्न गर्नेछु ।’ निर्देशकहरूसँगको बैठकमा राज्यमन्त्री श्रेष्ठले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको अस्पताल निर्देशकहररूसँगको छलफलमा राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य सचिव डा। रोशन पोखरेल, प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहलगायतलाई साथमा राखेर सरकारी अस्पताल सुधार्ने प्रण गरेका हुन् ।

छलफलमा युनिफाइड कोभिड-१९ अस्पताल, वीरका निर्देशिक डा भुपेन्द्र बहादुर बस्नेत, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा अनुप बाँस्तोला, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीकी निर्देशक डा संगिता मिश्रलगायत सरकारी अस्पतालका निर्देशनहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *