एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई आग्रह

काठमाडौं। मन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिवार भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षबारे छलफल हुँदा उक्त आग्रह गरेकी हुन् । भेटमा अर्थमन्त्रीले एमसीसीका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएका थिए ।

‘नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको छ,’ भेटमा मन्त्री शर्माको भनाइ उद्धृत गर्दै अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष फतिमाको टोलीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो । छलफलका क्रममा अधिकांश नेताले एमसीसीबारे देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *