कमिसन लिएर ल्याव टेस्ट नगरेको स्पष्टोक्ति

भक्तपुर । भक्तपुरको सिद्धपोखरीस्थित सान प्याथोलोजी ल्यावले सस्तो र सुलभ दरमा परीक्षण शुल्क लिने गरेको बताएको छ। भक्तपुर अस्पतालसँगै रहेको सो ल्यावका सञ्चालक सञ्जय जाकिबञ्जारले भक्तपुर अस्प्तालका कुनै पनि कर्मचारी र चिकित्सकसँग कमिसन लिएर बिरामीको ल्याव परीक्षण नगरेको र महँगो शुल्क नलिएको स्पष्ट पारेका छन्। केही समयअघि भक्तपुर अस्पताल विषयमा आएको समाचारमा आफ्नो ल्याबको नाम समेत जोडिएकोप्रति ल्यावले एक प्रेस वक्तव्यमार्फत स्पष्ट पारेको छ।

ल्याव सञ्चालक जाकिबञ्जारद्वारा जारी वक्तव्यमा ‘भक्तपुर अस्पातलमै ल्याव सेवा हुँदाहुँदै परीक्षणका लागि सान प्याथोलोजी ल्यावमा पठाएको र अस्पतालको भन्दा तीन गुना महँगो शुल्क लिएकाले प्रतिवाद गर्दा त्यहाँका सञ्चालकले चिकित्सकलाई नै कमिसन दिनुपर्ने बताएको’ भन्ने कुरा कपोकल्पित र भ्रामक भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘भक्तपुरको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउनुमा यहाँ सञ्चालित अस्पताल, प्याथोलोजी लगायतका स्वास्थ्य संस्थाहरूको गुणस्तरीय सेवा नै प्रमुख कारण हो। यसै क्रममा सान प्याथोलोजी ल्याव विगत २०७४ सालदेखि सञ्चालनमा ल्याई देश–विदेशका नागरिकहरूको स्वास्थ्य उपचारमा योगदान पुरयाइरहेको छ। सिआरपी (क्वाटिनेटिव) टेस्टको शुल्क रु।९ सय हो भने सीआरपी (क्वालिटेटिव) टेस्टको शुल्क रु।२ सय मात्र लिँदै आएका छौं।’

ल्याबले सो सेवा अन्य अस्पतालमा पनि रहेको र शुल्क पनि समान रहेको जनाएको छ। ल्यावले सिआरपीको दुई थरी परीक्षणको छुट्टाछुट्टै परीक्षणको ९ सय रुपैयाँ र दुई सय रुपैयाँ लाग्ने उल्लेख गर्दै अन्य अस्पताल र ल्यावले डि–डीमर परीक्षणको शुल्क १ हजार ६ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म लिने गरेको जनाएको छ।

अन्य अस्पतालहरूमा विभिन्न परीक्षणको रिपोर्ट ढिला हुने गरेकाले बिरामी स्वेच्छाले छिटोछरिटो उपचार र औषधि पाउन सान प्याथोलोजीमा आउने गरेको सञ्चालक जाकिबञ्जारले बताए। उनले भक्तपुर नगरभित्रका कुनै पनि अस्पताल र प्याथोलोजीमा नभएको प्रोकाल्सिटिनिन परीक्षणको सहुलियत दरमा गरिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘अन्यत्र कम्तीमा रु।४ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म लिने गरेकोमा हामीले ३ हजार ६सय मात्रै लिँदै आएका छौं।’ उनले भने।

उनले सरकारी अस्तपतालमा बिरामीको चाप बढेको कारण धेरै जसो ल्याव रिपोर्ट आजको आजै नआउने ढिलो आउने भएकाले पनि बिरामी आफैं सान प्याथोलोजी ल्यावमा आउने गरेको र शुल्क पनि भक्तपुर अस्पतालकै बराबर र हाराहारीमा मात्रै लिइरहेको जनाए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *