मेलम्ची पुनः सञ्चालन सफा पानी बगेपछि मात्रै, दुई अर्ब भन्दा बढी खर्च हुन सक्ने

काठमाडौं। मेलम्चीमा सफा पानी बग्न थालेपछि आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने भएको छ । मेलम्चीको पानी सफा हुन अझै एक÷दुई महिना लाग्ने अनुमान छ । हाल मेलम्चीमा लेदो पानी नै बगिरहेको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको बताए। आयोजनाले चैतबाट अस्थायी रूपमा काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारेको छ । सो कार्ययोजना खानेपानी मन्त्रालयमा बुझाइसकिएको छ ।

पन्तले बाढीपहिरोले क्षतिग्रस्त बनेको आयोजनाबाट सरकारका सबै निकायको सहयोग प्राप्त भएमा चैतसम्म अस्थायी रूपमा पुनः मेलम्चीको पानी काठमाडौंं उपत्यकामा वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारिएको खानेपानी मन्त्रालयमा बुझाइएको जानकारी दिए ।

सहकार्य हुन सक्ने निकायहरू तथा आवश्यक बजेटलगायतको विषयमा कार्ययोजनामा स्पष्ट व्यवस्था गरिएको छ । सो आयोजनाको पुनः सञ्चालनमा ल्याउन करिब दुई अर्ब रुपैयाँ भन्दा बढी खर्च हुन सक्ने आयोजनामा अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *