USAID

इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान नेपाली बजारमा

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा पाईने भएको छ । रिसिक ट्रेडिङ कन्सर्न प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ । विश्व बजारमा आफुलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ । यस कम्पनीले हरेक परिवारकालागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै बिश्व बजारमा उपलब्ध गराउँदै आएको छ ।

नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्राएकी हुन् । रिसिक ट्रेडिङ कन्र्सर्नकी म्यानेजिड डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु बिश्वस्त रहेको समेत बताइन् ।

२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु विश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो । ८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन् २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय ब्यापार प्रमुख विश्वास अग्रवालले बताए ।

इन्टेक्स ब्राण्डका सामानको एक बर्ष देखि १० बर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्वर १ बनाउने प्रयासमा आफूहरु रहेको उनले जानकारी दिए देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *