USAID

नेपाल र पीएनजीबिच हुने एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट

काठमाडौं । नेपाल र पवुवा न्युगिनी(पीएनजी)बिच हुने एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण डिशहोमको ‘एक्सन स्पोर्ट्स’ले गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबिच सोमबार सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमती भएको हो ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका तर्फबाट कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाल ओमानमा रहेको नेपाली टोलीले पीएनजीसँग दुई एकदिवसीय खेल खेल्नेछ । खेल भदौ २० र २३ गते ओमानमा हुनेछ । सिरिजको पहिलो खेल डे म्याच हुनेछ भने दोस्रो खेल डे/नाइट हुने क्यानले जनाएको छ ।

खेलको प्रत्यक्ष प्रशारण डिश होमको ‘एक्सन स्पोर्ट्स एचडी १’ र ‘डिश होम गो’ ओटिटीबाट हुनेछ । पवुवा न्युगिनीसँगको सिरिजपछि नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली ओमान र अमेरिका सम्मीलित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । उक्त सिरिज भदौ २८ गतेबाट शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *