USAID

वाटफोर्डलाई हराउँदै टोटेन्हाम प्रिमियर लिगको शिर्ष स्थानमा

एजेन्सी । टोटेन्हाम हट्सपर इङ्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार बेलुकी भएको खेलमा वाटफोर्डलाई १-० गोलले पराजित गर्दै टोटेन्हाम लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन ह्युङ मीन सनले एक गोल गरे । पहिलो हाफको ४२ औं मिनेटमा सनले फ्रि-किकमा उत्कृष्ट गोल गर्दै टोटेन्हामलाई खेलमा अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेलमा टोटेन्हाम १-० गोलले विजयी भयो ।

जितसँगै टोटेन्हाम ३ खेलमा सतप्रतिशत नतिजा निकाल्दै ९ अङ्क जोडेर लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित वाटफोर्ड ३ खेलबाट ३ अङ्क जोड्दै १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *