फ्रान्समा शवपेटिकामा रहेका गहना चोरीमा संलग्न महिला गिरफ्तार

उत्तरी फ्रान्समा अन्तिम संस्कार गर्ने गृहमा एक जना नचिनेको शोकाकुल व्यक्ति देखे पनि निधनबाट मर्माहत परिवारले त्यसबारे अन्यथा सोचेन । ६० वर्षकी महिलाले आफू मृतकको एक जना साथी भएको बताएकी थिइन् ।

त्यसैले मृतकका परिवारले ती महिलालाई अन्तिम सम्मान प्रकट गर्न दिए । तर परिवारका सदस्य पछि फर्केर आउँदा शवपेटिकामा राखिएको मृतकको घाँटीको माला, औँठी र कानका गहना सबै हराएको पाएको फ्रान्सका संचारमाध्यमले जनाएका छन् ।

परिवारले यो कुरा प्रहरीकहाँ रिपोर्ट गर्यो । त्यसपछि लिभिन शहरको शव अन्तिम संस्कार गृह नजिकै बस्दै आएकी ती महिलाबारे अनुसन्धान गरेर पक्राउ गर्यो । ती महिलासँग मृतकका अङ्गबाट हराएका गहनाहरू फेला परेको छ ।

तर कुरा त्यतिमै सीमित रहेन । प्रहरीले त्यसैदिन (अगस्ट २४ का दिन) केही अघि सोही अन्तिम संस्कार गृहमा व्यवस्थापन गरिएको शवबाट हराएको पैसाको थैली पनि फेला पारेको छ । सन्दिग्ध ती महिलाको घर खानतलाशी गर्दा प्रहरीले हालैका दिनमा प्रकाशित मृत्यु भएका सूचनाको खात फेला पार्यो ।

त्यस्तै परिवारका सदस्यका लागि शवपेटिकासम्म पुग्न दिइएका कोड नम्बरहरू पनि फेला परे । ती महिलालाई सन् २०२२ मा अदालतमा उपस्थित गराइने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *