USAID

म्याड्रिडलाई बेटिसको चुनौती

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत आज हुने खेलमा रियल म्याड्रिडलाई रियल बेटिसले आफ्नो चुनौती पेश गर्दैछ । सेभिल्लामा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

बेटिसको लागि गत सिजन उत्कृष्ट रह्यो । बेटिसले ३८ खेलबाट ६१ अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो । जसको कारण बेटिस आगामी सिजनको युरोपा लिगमा सिधै छनोट भएको थियो । त्यसैले बेटिस यस सिजनपनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । लिगको पछिल्लो २ खेलमा बराबरीमा चित्त बुझाएको बेटिस सिजनको पहिलो जितको खोजीमा रहेको छ ।

यता पहिलो खेलमा आल्भेसलाई ४-१ गोलले पराजित गर्दै लिगमा उत्कृष्ट शुरुवात गरेको रियल म्याड्रिड दोस्रो खेलमा रियल म्याड्रिडसँग ३-३ गोलको बराबरीमा रोकिएको थियो । म्याड्रिड पिएसजीबाट कलियन एम्बाप्पेलाई भित्र्याउदै टिम थप मजबुत बनाउने दाउमा रहेको छ । गत सिजन एथ्लेटिको म्याड्रिडलाई लिग सुम्पिएको म्याड्रिडले यस सिजन ला लिगा आफ्नो पोल्टा पार्ने दाउमा रहेको छ ।

दुई टोलीबिच भएको पछिल्लो १८ भेट मध्री ११ खेल रियल म्याड्रिडले जित्दा ४ खेल बेटिसले आफ्नो पोल्टामा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *