USAID

साफ च्याम्पियन्सिपको अन्तिम तयारी कतारमा

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीले आगामी अक्टोबरमा हुने साफ च्याम्पियन्सिपको अन्तिम तयारी कतारमा गर्ने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले नेपाली टोली अन्तिम प्रशिक्षणको लागि सेप्टेम्बर १० मा कतार उड्ने बताएको छ ।

नेपालले कतारको दोहामा तयारी गर्नेछ । हाल बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीनै कतार जानेछन् । नेपाली टोली कतारबाट सिधै सेप्टेम्बर २७ मा माल्दिभ्सको लागि उड्नेछ । नेपालले हाल पोखरामा रहेर भारतसँग हुने मैत्रीपूर्ण खेल र साफ च्याम्पियन्सिपको तयारी गरिरहेको छ ।

नेपालले भदौ १७ र २० गते भारतसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *