इन्टर मिलानको सहज जित

एनेन्सी । इन्टर मिलानले इटालियन लिग सिरी ए मा सहज जित निकालेको छ । गएराति भएको खेलमा हेल्लास भेरोनालाई ३-१ गोलले हराउँदै इन्टर मिलानले लिगमा लगातार दोस्रो जित निकालेको हो ।

इन्टर मिलानलाई जित दिलाउन जोअकुइन कोरेआले दुई र लौटारो मार्टिनेजले एक गोल गरे । भेरोनाको लागि इभान इलिकले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा हेल्लास भेरोना पराजित हुन बाध्य भयो । खेलको १५ औं मिनेटमा इलिकले गोल गर्दै भेरोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

४७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई बराबरीमा ल्याए । ८३ औं मिनेटमा माट्टेओ डार्मियनको पासमा कोरेआले गोल गरेपछि इन्टरले खेलमा अग्रता लिएको थियो । यस्तै दोस्रो हाफको अतिरिक्त समयमा बेरेलाको पासमा कोरेआले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मिलानलाई ३-१ गोलको सहज जित दिलाए ।

जितसँगै इन्टर मिलान २ खेलबाट ६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिगको दुवै खेलमा पराजित भेरोना लिगको पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *