USAID

नेपालसँग खेल्ने भारतीय टोलीको घोषणा

काठमाडौं । नेपालसँग हुने मैत्रीपूर्ण खेलको लागि भारतले आफ्नो टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय भारतीय टोलीको घोषणा गरेका हुन् ।

यसअघि नेपालसँगको खेलको लागि भारतले यु-२३ टोली पठाउने चर्चा चलेको थियो । तर आज टोली घोषणा गरेसँगै नेपाल भ्रमणमा भारतको सिनियर टोली आउने पक्का भएको हो । नेपालसँग हुने खेलको लागि भारतले अगस्ट १५ बाट कलकत्तामा प्रशिक्षण शुरु गरेको थियो । इण्डियन सुपर लिग क्लब मोहुन बगानका खेलाडी आजमात्र प्रशिक्षणमा जोडिएका छन् भने बेन्गालुरुका खेलाडी २९ अगस्टमा प्रशिक्षणमा जोडिनेछन् ।

यस्तै भारतीय टोली अगस्ट २० मा नेपालको लागि उड्नेछ । भारतले घरेलु टोली नेपालविरुद्ध त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । खेल सेप्टेम्बर २ र ५ तारिखमा हुनेछ । खेलको प्रत्यक्ष प्रशारण हिमालयन टेलिभिजनले गर्नेछ ।

भारतीय टोली

गोलरक्षक :- अम्रिन्दर सिंह, धिरज सिंह मोइराङ्थेम, गुरप्रित सिंह सान्धु
डिफेन्डर :- प्रितम कोटाल, चिङ्लेन्साना सिंह कोन्शम, मान्डर राओ देसाइ, आकाश मिश्रा, राहुल भेके, सुभासिष बोसे, सेरिटोन फर्नान्डेज
मिडफिल्डर :- लालेङमाव्ला, बिपिन सिंह, अनिरुध थापा, सहल अब्दुल समद, ब्रान्डोन फर्नान्डेज, लिस्टोन कोलाको, यसिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेश सिंह वाङ्जाम, जेक्सन सिंह, प्रोनाए हाल्डेर
फरवार्ड :- मान्भिर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *