जोर्जिन्हो युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित

एजेन्सी । चेल्सीका इटालियन मिडफिल्डर जोजिन्हो युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । बिहीबार राति टर्कीको इस्तानबुलमा सम्पन्न अवार्ड समारोहमा जोर्जिन्होले ‘युईएफए पुरुष वर्ष खेलाडी’को अवार्ड जितेका हुन् ।

इटालीलाई युरोकप-२०२० र चेल्सीलाई च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भुमिका खेलेका जोर्जिन्होले चेल्सीकै सहयात्री कान्टे र म्यानचेस्टर सिटीका केभिन डि ब्रुयनलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । ११ वर्षको अवार्ड इतिहासमा पहिको पटक शिर्ष ३ मा मिडफिल्डरमात्र परेका हुन् । लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, कालियन एम्बाप्पे र इर्लिङ हालान्ड कुनैपनि शिर्ष ३ मा पुग्न सकेनन् ।

अवार्डको विजेता घोषणा गत सिजन क्लब र देशबाट गरेको प्रदर्शनको आधारमा गरिएको हो । गत सिजन उक्त अवार्ड बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले जितेका थिए ।

सम्पुर्ण युईएफए अवार्डका विजेता

पुरुष वर्ष खेलाडी :- जोर्जिन्हो (चेल्सी, इटाली)
पुरुष वर्ष प्रशिक्षक :- थोमस टुचेल (चेल्सी)
पुरुष च्याम्पियन्स लिग उत्कृष्ट गोलरक्षक :- एडोआर्ड मेन्डी (चेल्सी, सेनेगल)
पुरुष च्याम्पियन्स लिग उत्कृष्ट डिफेन्डर :- रुबिन डियास (म्यानचेस्टर सिटी, पोर्चुगल)
पुरुष च्याम्पियन्स लिग उत्कृष्ट मिडफिल्डर :- नोग्लो कान्टे (चेल्सी, फ्रान्स)
पुरुष च्याम्पियन्स लिग उत्कृष्ट फरवार्ड :- इर्लिङ हालान्ड ( डर्टमण्ड, नर्वे)
महिला वर्ष खेलाडी :- एलेक्सिया पुटेल्लास (बार्सिलोना, स्पेन)
महिला उत्कृष्ट प्रशिक्षक :- लुइस कोर्टेस (बार्सिलोना)
महिला च्याम्पियन्स लिग उत्कृष्ट गोलरक्षक :- सान्ड्रा पानोस (बार्सिलोना, स्पेन)
महिला च्याम्पियन्स लिग उत्कृष्ट डिफेन्डर :- इरेने पारेडेस (बार्सिलोना, स्पेन)
महिला च्याम्पियन्स लिग उत्कृष्ट मिडफिल्डर :- एलेक्सिया पुटेल्लास (बार्सिलोना, स्पेन)
महिला च्याम्पियन्स लिग उत्कृष्ट फरवार्ड :- जेन्निफेर हेर्मोसो (बार्सिलोना, स्पेन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *