केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी विभाजनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको बताएका छन् । बिहीबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताएका हुन् ।

आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र जनताका सामु गरिएका प्रतिवद्धताहरु भुलेर पार्टी फुटाइएको उनले बताए । उनले भने, ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनको अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरु बिर्सिएर जानुभयो । केहीका स्वार्थमा, केहीका अहंकारमा, केहीको ईष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएछ । तर आन्दोलनलाई नोक्सान पार्ने, कतिसम्म सकिन्छ त्यतिसम्म नोक्सान पार्ने त्यसकाममा लागिरहनुभएको छ जुन दुःखद कुरा हो ।’

अध्यक्ष ओलीले आफूहरु हिडेको बाटो गलत नभएको पनि दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *