साइनो नेपाल मिडिया सोसाइटीद्वारा राससलाई मास्क सहयोग

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत सञ्चारकर्मीका लागि साइनो नेपाल मिडिया सोसाइटीले मास्क उपलब्ध गराएको छ ।

राससका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईलाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेल र महासचिव दीपक रिजालले छ हजार थान मास्क आज हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष अधिकारीले कोरोना सङ्क्रमण जारी रहेका बेला सोसाइटीले उपलब्ध गराएको मास्क साङ्केतिक मात्र नभई व्यावहारिक पक्षबाट पनि निकै महत्वपूर्ण रहेको बताए । उनले भने, “नेपालका आध्यात्मिक ज्ञान, प्राकृतिक सौन्दर्य र अन्य स्रोतसाधनबारे छिमेकी मुलुकमै पनि स्पष्टता नरहेकाले सोसाइटीजस्ता संस्थाले त्यसको प्रवर्द्धनका लागि काम गर्नुपर्छ । नेपाली पत्रकारितालाई विश्वका लागि चासो छ ।”

मास्क मूल्यमा सस्तो भए पनि अग्रपङ्क्तिमा रहेर काम गर्न पत्रकारलाई बचाउने मामिलामा त्यतिनै महँगो रहेको जनाउँदै अध्यक्ष अधिकारीले चाइना च्यारिरिटी फेडरेशन र चाइना गुडविल फाउण्डेशनलगायत संस्थाप्रति धन्यवाद ज्ञापन गरे ।

च्यारिरिटी फेडरेशन र गुडवील फाउण्डेशनको सहयोगमा मास्क सोसाइटीलाई प्राप्त भएको हो । साइनो नेपाल मिडिया सोसाइटीले संस्थालाई प्राप्त मास्क नेपाल पत्रकार महासङ्घ, केही अस्पताल र स्थानीय तहलाई हस्तान्तरण गर्ने छ ।

सोसाइटीका अध्यक्ष पौडेलले कोभिड–१९ प्रतिकार्यमा प्रहयोग पु¥याउने हेतुले राससलगायत सञ्चारमाध्यमलाई मास्क उपलब्ध गराइने कार्यको शुरुआत गरिएको बताए ।

मुलुुकको पर्यटन प्रवर्द्धन र सामाजिक कार्यमा संस्थाले गरेका मुख्य गतिविधिबारे जानकारी दिँदै उनले संस्थाको अग्रसरतामा पत्रकारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर प्राप्त भएको मास्क उपलब्ध गराएको बताए ।

सन् २०१६ मा स्थापित सोसाइटीले नेपाल–चीन सम्बन्धका विविध कार्यक्रमका अतिरिक्त नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धित फोटो प्रदर्शनी, चिनियाँ भाषाको कक्षा सञ्चालन, विशिष्ट विदेशी पाहुना र पर्यटकलाई लुम्बिनी तीर्थाटनलगायत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सोसाइटीले चीनमा कोरोना सङ्क्रमणको सुरुआती दिनमा सिछुवानको प्रान्तीय सरकारलाई २० हजार मास्क सहयोगस्वरुप पठाएको थियो । सोसाइटीको अगुवाइमा काठमाडौँमा सिछुवान ‘फुड फेष्टिवल’ र चीनका लशानमा थाङ्का प्रदर्शनीमा सहयोग पु¥याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *