नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट

काठमाडौं । नेपाल र भारतबीच हुने मैत्रीपूर्ण फूटबल खेलको प्रत्यक्ष प्रशारण हिमालयन टेलिभिजनबाट हुने भएको छ । बिहीबार अखिल नेपाल फूटबल संघ(एन्फा) र एडप्याडबीच प्रशारण अधिकारको लागि सम्झौता भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा एन्फा महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताका अनुसार एन्फाले एडप्याडलाई २५ लाख १० हजार रुपैयाँमा प्रशारण अधिकार बिक्री गरेको हो । यसअघि एन्फाले प्रत्यक्ष प्रशारण अधिकारको लागि विज्ञापन जारी गरेको थियो ।

यससँगै खेलको टेलिभिजनमा प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्नेछ । नेपालले यहि भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । साफ च्याम्पियनसिप र मैत्रीपूर्ण खेलको लागि तयारीमा रहेको नेपाली टोलीले हाल पोखरामा रहेर बन्द प्रशिक्षण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *